भुमेकोटको सामुहीक टीका (तस्बिरहरु)

खौलालाँकुरी (पर्वत) — मंगलबार बडा दसैंको दशमीको दिन बिहान १० बजेतिरै स्थानीय र छिमेकी गाउँबाट फूल अक्षता र दहीसाथ मानिसहरु भुमेकोटमा जम्मा भइसकेको थिए । टीकाको साइत थियो १०:३५ बजे । पुजारीहरु साढे १० बजे मूलकोतको अगाडि रहेको मौलोमा फूलपाती लिएर बेद र चण्डीको मुलमन्त्र पढ्न थाले ।





प्रकाशित : आश्विन २२, २०७६ ०८:३२

भक्तपुर — विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।



ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रम्हायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्दछ ।

मंगलबारदेखि व्रत बसेका बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा चिताएको पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ ।

