१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लोकमार्गको पर्खाइमा ओलाङचुङगोलाका स्थानीय

आनन्द गौतम

ताप्लेजुङ — गाउँशहर सबैतिर दसैंको चटारो छ । दसैंको टिका लगाउनेहरु त्यसैको तयारीमा छन् । टिका लगाउने नलगाउने  सबैले खाद्यका परिकार भित्र्याएका छन । गाउँभरीको सडक सफा गरेर चिटिक्क बनाएका छन् । आफ्ना नानीहरुलाइ नया कपडा किनिदिएका छन् । शेर्पा समुदायको मात्रै वसोवास रहेको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका बासिन्दाको दिनचर्याभने फरक छ । 

लोकमार्गको पर्खाइमा ओलाङचुङगोलाका स्थानीय

दसैंमा टिका नलगाउने उनिहरुले सञ्चार माध्यमवाट सुनेरैपनि दसैंको उत्सव मनाइरहेका छन । टोल बस्ति सफा पारेका छन् । मासु लगायतका खाद्य परिकार भित्र्याएका छन । तर, दैनिकी भने सडकतिर छ ।


यतिवेला ओलाङचुङगोलावाट सदरमुकाम फुङलिङ तर्फ सडक बिस्तारको काम भइरहेको छ । दुइवटा स्काइभेटर मेशिन लिएर आएका चाइनिजहरु विहान उज्यालो हुँदादेखि साँझसम्म सडकको ट्रयाक खोलिरहेका छन् । सडक ठिक बस्तिबाट अगाडि बढिरहेकाले यहाका नागरिकको दैनिकि यहि मेशिनको अघिपछि छ । पुरुषहरु चौंरी धपाउँदै मेशिनतिरै हुन्छन् । महिलाहरुपनि काखमा नानी च्यापेर त्यसैको वरिपरि घुम्छन् ।


दुई वर्षअघि मात्रै चिनको तिब्बतवाट बस्तिसम्म आइपुगेको सडकमा यहाका नागरिकले लगानी गरेका थिए । ओलाङलुङगोलामा जन्मेर देसविदेसमा रहेकाहरुले संकलन गरेको तीन करोड रुपैयाँबाट २४ किलोमिटर ट्रयाक खोलिएको थियो । त्यहि सडकमा तिब्बतवाट पटक/पटक साना गाडि आए । गाउँका पहुँच भएकाहरु त्यही गाडि चढेर तिब्बत पुगे । तिब्बत प्रशासनका प्रमुखहरु ओलाङचुङगोलासम्म गाडिमै चढेर धेरै पटक आए । तर, सर्बसाधारण नागरिकको पहुँचमा यातायात पुगेको छैन । किनकी आफ्नै जिल्लाको सदरमुकाम सडकले जोडिएको छैन ।


सडक बिभागवाट ट्रयाक खोल्ने जिम्मेवारी पाएको काठमाण्डौको एसडि एलाइट कम्पनिले यहि हप्तादेखि ओलाङचुङगोलावाट लेलेप तर्फपनि ट्रयाक खोल्न सुरु गरेको छ । लेलेपवाट ओलाङचुङगोला तर्फ गतवर्ष देखि नै बिस्तार गरिरहेको छ । ठेकदार कम्पनिका पेम्वा शेर्पाका अनुसार लेलेपवाट ओलाङचुङगोला जोडिन अव २१ किलोमिटर मात्रै बाँकि छ । यस्कालागि चीनत्राट मेशिन र जनशत्ति भाडामा लिएर दुइतिरत्राट काम सुरु गरिएको हो ।


ओलाङचुङगोलावाट काम सुरु गरेको मेशिनले लेलेप जोड्ने सिसेवा सम्मको १५ किलोमिटर ट्रयाक खोल्ने सडकको नियमन गर्ने सरकारी निकाय उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुख रामवहादुर गुरुङ वताउँछन । सिसेवासम्म लेलेपवाट विस्तार गरिरहेको एलाइटको मेशिनले पुर्‍याउने छ । लेलेप तर्फवाट सिसेवा पुग्न अव ७ किलोमिटर मात्रै छ ।


सिसेवामा ओलाङचुङ र लेलेपलाइ तमोर नदीले छुट्याएको छ । यहि आर्थिक वर्षमा सक्नेगरी दुइतिरैवाट विस्तारको काम भइरहेको गुरुङले वताए । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकको रानीपुलदेखि एलाइटले विस्तारको काम गतवर्षवाट सुरु गरेको हो । उस्ले यहाँ चार वटा ठुला मेशिन लगाएर विस्तारको काम गरिरहेको छ ।


ओलाङचुङगोला निवासि फक्ताङलुङ गाउँपालिकाका प्रबत्ता छेतेन वालुङ गाउँलेको तनमन सडकले सदरमुकाम जोडिने विषयसँग रहेको वताउँछन । ‘अहिलेत सबैको गफ सडककै विषयमा हुन्छ,’ उनले भने, ‘सडक जोडिएपछि कम्तिमा भारी बोकेर त हिड्नु पर्दैन भन्ने अभिलासा सबैको छ ।’ सडक जोड्नकालागि गाउँपालिका अध्यक्ष सरोज एभेङको दौडधुपनि त्यत्तिकै छ । कहिले छिमेकी तिब्बत त कहिले आफ्नै देसको सिंहदरवार पुग्ने गरेका छन् ।


तिब्बतबाट मेशिन र जनशत्ति भाडामा लिनकालागि नेपाल सरकारको सिफारिस पुगेका एभेङ मेशिनसँग सम्झौतागर्न तिब्बत पुगेका थिए । लोकमार्ग आयोजनाले दसैंमा सकिनेगरि तीन किलोमिटरको सर्भे रिदिएको छ । बाँकि तत्काल सर्भे गर्ने र काम बढाउने आयोजनाले जनाएको छ ।


प्रकाशित : आश्विन २०, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?