कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राँगो मार हान्न २ लाख ८८ हजारको बोलकबोल

घनश्याम खडका

म्याग्दी — रघुगंगा गाउँपालिका–२ भगवती कोट मन्दीरमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) दुई लाख ८८ हजार बोलकबोल भएको छ । नाङ्नागेका रामप्रसाद खत्रीले राखुभगवती कोट मन्दीरमा नवदुर्गालाई बली चढाईने राँगो मार हान्न यती ठूलो रकम बोलकबोल गरेका हुन् ।

राँगो मार हान्न २ लाख ८८ हजारको बोलकबोल

गत वर्षपनि खत्रीले १ लाख ६५ हजार बोलकबोल गरी राँगो मार हान्न पछ्याएका थिए । खत्रीले गत वर्षभन्दा थप एक लाखबढी रकम बोलकबोल गरी यो वर्षको राँगो मार हान्न अगाडि सरेका हुन । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोटमन्दीरमा भेला भएका हजारौं सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ ।


‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ,’ जिल्ला समवन्य समितिका संयोजक समेत रहेका स्थानीय देवेन्द्रबहादुर केसीले भने, ‘बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’


खत्रीलाई ८ जना प्रतिस्पर्धीले दुई लाख ८५ हजार रुपैयाँसम्म पछ्याएका थिए । खत्रीले नवमीको मार हान्ने समयअघि तोकिएको पैसा कोट मन्दीर ब्यवस्थापन समितिलाई तिर्नुपर्ने हुन्छ ।


५–७ सय वर्षअघि रुईसेमा रहेको देखी २२ से २४ से राज्यकालमा तत्कालिन राजाले स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिकाको (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग र दोवा गाविस) साझा मन्दीरको रुपमा रहेको छ । जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक वर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।


तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम क्षेत्रफलको जग्गा गुठी राखी राखेका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन ।


सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला वर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी तीन हजार पठाउने गरेको छ ।


प्रकाशित : आश्विन २०, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?