पाल्पा भैरवस्थानमा एकै दिनमा ३० हजार दर्शनार्थी 

वर्षभरिकै धेरै दर्शनार्थी 
माधव अर्याल

पाल्पा — बडा दसैंको आठौं दिन महाअष्टमीको अवसरमा पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको भैरवस्थान मन्दिरमा ३० हजार बढी दर्शनार्थीले एकै दिनमा दर्शन गरेका छन् । 

पाल्पा भैरवस्थानमा एकै दिनमा ३० हजार दर्शनार्थी 

यस मन्दिरमा वर्ष दिनकै सबैभन्दा बढी भीड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोका, हाँस, कुखुरा, पाडा लगायत २ हजार बढी बली दिइएको छ । महाअष्टमीको दिन बिहानैदेखि भैरवस्थानमा थामी नसक्नु भीड लागेको थियो ।


मन्दिरमा भीड व्यवस्थापन गर्न प्रहरी, व्यवस्थापन समिति, स्थानीय नागरिक खटिएका थिए । मन्दिर व्यवस्थापन समितिले अत्यधिक भीड भएकाले पूजा पनि सोही अनुरुप छिटो छिटो गर्ने व्यवस्था मिलाएको जनाएको छ ।


पाल्पाको भैरवस्थानबाहेक अन्य शक्तिपीठहरुमा पनि देवीको दर्शन गर्ने, बली चढाउने, भजनकिर्तन गर्नेको घुइँचो लागेको छ । पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाँडाको सत्यवती, भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउँका कोटघर र देवीको मन्दिरमासमेत दर्शनार्थीको घुइँचो लागेको छ ।


प्रकाशित : आश्विन १९, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?