२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महाष्टमीको दिन हजारौं महिलाले भरे भगवतीको खोंईछ

राजदेवी मन्दिरमा सन्ध्या बोका बली प्रदान हुने 
श्यामसुन्दर शशि

( जनकपुर ) — बडा दसैंको आठौं दिन आइतबार जनकपुरको राजदेवी मन्दिरसहित यहा“का शक्तिपीठहरुमा हजारौं महिलाले भगवतीकी खोंईछ भरेका छन् भने एक लाख अधिक श्रद्धालुले राजदेवी मन्दिरमा प्रसाद चढाएका छन् ।

महाष्टमीको दिन हजारौं महिलाले भरे भगवतीको खोंईछ

राति १२ बजेदेखि प्रसाद चढाउने क्रम सुरु भएको थियो जो मध्यान्ह १ बजेसम्म पनि जारी छ । प्रसाद चढाउनेहरुको लाम अझै पनि झण्डै एककिलोमीटर लामो छ । अपरान्ह ३ बजेसम्म प्रसाद चढाउने क्रम जारी रहने पूजा आयोजक महावीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले जनाएका छन् ।


उता शनिबार रातिदेखि सुरु भएको खोंईछ भर्ने क्रम अझै पनि जारी छ । राजदेवी मन्दिरसंगै अन्य शक्तिपीठ तथा दुर्गा पूजास्थलहरुमा महिलाहरु खोंईछ भर्छन् । माईत आएकी चेली जस्तै महिलाहरु पान,सुपारी,मिष्ठान्न,फल फूल,कपडा तथा सृंगारका सामानहरु भगवतीलाई चढाउँछन् । मिथिलाञ्चलमा खोईछ भर्ने विधि अत्यन्तै लोकप्रिय छ ।


प्रसाद चढाउने तथा खोईछ भर्ने श्रद्धालुहरुको कारण अचेल जनकपुरका शक्तिपीठहरु भरि भराउ छन् ।


पूजा आयोजक महावीर युवा कमिटीका पूर्व अध्यक्ष चौधरीका अनुसार सन्ध्या सात वजेदेखि बोका बली सुरु हुन्छ । राजदेवी मन्दिरमा यस वर्ष १६ हजार अधिक बोका बलि प्रदान हुने चौधरीको दावी छ । गत वर्ष लगभग १५हजार बोका बली प्रदान गरिएको थियो ।


प्रसाद, खोईछ भराई तथा बोका बलीको व्यवस्थापनको लागी स्थानीय महावीर युवा कमिट, रामयुवा कमिटीलगायतका युवा संघ संस्थाहरुले एक हजार स्वयंसेवक परिचालन गरेको छ ।





प्रकाशित : आश्विन १९, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?