युवा सङ्घ केन्द्रीय कमिटीलाई पूर्णता [नामावलीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो । सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा शनिार जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ ।


यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।


हेर्नुहोस् नामहरु



























प्रकाशित : आश्विन १८, २०७६ १४:३८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल

रासस

काठमाडौँ — निर्वाचन आयोगले बडादसैं, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा आज जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ । पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १४:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×