दुई दिनमा ४ लाख ५० हजारले काठमाडौं उपत्यका छाडे

रासस

काठमाडौँ — दसैं मनाउन दुई दिनमा ४ लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

दुई दिनमा ४ लाख ५० हजारले काठमाडौं उपत्यका छाडे

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै ७ लाख यात्रु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून छ ।


उनका अनुसार पछिल्ला दुई दिनमा १ लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । “समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्”, उनले भने । उनले राजधानीमा हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा र्‍याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए ।

प्रकाशित : आश्विन १७, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?