कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टिकाको दिन निःशुल्क बस 

विमल खतिवडा

काठमाडौँ — दसैंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् । सेनाले टिकाको दिन भद्रकालीबाट उपत्यकाको सबै रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको जनाएको छ ।

टिकाको दिन निःशुल्क बस 

सेनाले चक्रपथ र भक्तपुर खण्डमा यात्रुलाई सुविधा दिने छ । बिहानदेखि साँझसम्म यात्रुले सुविधा पाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार सेनाका परिवार, अवकास प्राप्त सेनाका परिवार, यात्रु सबैले यो सुविधा पाउने छन् ।


७ वटा रुट निर्धारण गरी यात्रुलाई सुविधा दिइने छ । यता सशस्त्र प्रहरीले भने नवमीदेखि एकादशी सम्म यो सुविधा दिने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार विभिन्न रुट बनाएर यात्रुलाई सुविधा दिइने छ ।


नेपाल प्रहरीले फुलपातीदेखि एकादशी सम्म निःशुल्क बस सेवा उपलब्ध गराउने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार यात्रुको भिडभाड बढी हुने ठाउँमा यो सुविधा उपलब्ध गराइने छ ।

प्रकाशित : आश्विन १७, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?