८ घण्टापछि दाउन्नेमा दोहोरो यातायात सञ्चालन

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गको दाउन्नेमा भारतीय गाडी पल्टिएर अवरुद्ध बनेको सडक ८ घण्टापछि सञ्चालनमा आएको छ । दसैं मानाउन महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका यात्रु शुक्रबार बिहान ३ बजेदेखि दाउन्नेको जाममा फसेका थिए । 

जाम खुलाउन दाउन्नेमा खटिएका पूर्वी नवलपरासीका एसपी मोहन पोख्रेलले दाउन्नेस्थित ध्यू खोला नजिक कोइला बोकेको भारतीय ट्रक राजमार्गबाट हटाइएपछि अहिले बिहान साढे १० बजेबाट यातायात सुचारु भएको जानकारी दिए । कोइला बोकेर भैरहवा तर्फ जाँदै गरेका २ वटा भारतीय ट्रक पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

व्यस्त महेन्द्र राजमार्गमा यातायात अवरुद्ध हुँदा हजारौ यात्रु जाममा परेका थिए ।


कोइला बोकेका दुईवटा भारतीय नम्बर प्लेटका गाडीका ड्राइभरले एकअर्कालाई उछिन्ने होडबाजी चलाउँदा पल्टिएको थियो ।

प्रकाशित : आश्विन १७, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?