दाउन्नेमा भारतीय गाडी पल्टिँदा सडक अवरुद्ध

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका हजारौ यात्रु दाउन्नेमा जाममा परेका छन् । कोइला बोकेका दुईवटा भारतीय नम्बरको गाडी
एकअर्कालाई उछिन्ने होडबाजी गर्ने क्रममा सडकमा पल्टिएपछि दाउन्नेमा बिहान ३ बजेदेखि जाममा परेको हो ।

बिहीबार राति १० बजे उछिनपाछिन गर्ने क्रममा दुवै गाडी सडकमा पल्टिएको थियो । एउटा हटाइसकिएको र अर्को हटाउन क्रेन मगाइएको जिल्ला टफिक प्रहरीले जानकारी दिएको छ ।


सडकमा पल्टिएको गाडीले राजमार्ग छेकेका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरीले राजमार्गमा पल्टिएको गाडी हटाएपछि दुइतर्फी यातायात खुल्ने जानकारी दिएको छ ।

दसै मान्न महेन्द्रराजमार्ग हुँदै हिँडेका यात्रु दाउन्नेमा जाममा परेका छन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?