दोषी ठहरिए कारबाही भोग्नुपर्छ : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहार आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । 

‘सभामुखका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएको समाचारलाई कांग्रेसले अत्यन्तै दुःखद घटनाका रूपमा लिएको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सभामुखजस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पदसमेतको जिम्मेवारीबाट राजीनामा गरी निष्पक्ष अनुसन्धानमा सघाउनुपर्छ ।’ सभामुख महराले राजीनामा दिइसकेका छन् ।

‘कानुनको नजरमा सबै समान हुन्छन्, सबैले निर्दोष सावित हुने या दोषी ठहरिए कारबाही भोग्ने प्रक्रियामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन १४, २०७६ १९:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जागरण अभियानले पार्टी सुदृढीकरणमा सहयोग : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले दोस्रो चरणको जागरण अभियानले पार्टीमा उत्साह र क्रियाशीलता बढाएको बताएको छ । भदौ २४ देखि असोज ७ सम्म देशभर चलेको जागरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १५ दिनमा वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजार भन्दा बढी कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

‘बोल्ने कम, सुन्ने बढी’ पूर्व निर्धारित अवधारणाका कारण देशभरिबाट हजारौंको सल्लाह, सुझाव, आलोचना र महत्वपूर्ण विचार पार्टीलाई प्राप्त भएका छन’ शर्माले भने,‘आगामी दिनमा थप परिस्कृत ढंगले अघि बढ्न प्राप्त सबै भावनाले पार्टीलाई उर्जा प्रदान गरेको छ र पार्टीले ती सबै भावनालाई सम्पतिका रुपमा ग्रहण गरेको छ ।’

‘सत्तामा संरिक्षत नवमण्डले प्रवृत्ति चरित्र’
कांग्रेसले जागरण अभियानका क्रममा भएको बाँके र पछिल्लो पटक तनहूँमा भएको घटनालाई नवमण्डले प्रवृत्ति भनी चित्रण गरेको छ ।

‘बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहूँमा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो’ कांग्रेसले भनेको छ,‘यसबीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवामाथि गरिएको सांघातिक हमलापनि निन्दनीय छ ।’

कांग्रेसले पछिल्लो समयमा समाजमा व्याप्त असन्तुष्टी र वितृष्णा सरकारको डेढ वर्षे कृयाकलपाको उपज रहेको बताएको छ । ‘अव्यवस्थाको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभइ प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ’ कांग्रेसले भनेको छ ।

उसले रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डेलकरणको दिशामा नधकेल्न नेकपा नेतृत्वको सरकारलाई अपिल समेत गरेको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×