कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शान्ति स्थापना प्रक्रियामा नेपालको साथ सह्रानीय : राष्ट्रसंघ महासचिव

कान्तिपुर संवाददाता

न्यूयोर्क — राष्ट्र्रसंघीय महासचिव एन्टोनियो गुटेरर्सले विश्वव्यापी शान्ति स्थापना प्रक्रियामा नेपालले शान्तिसेना परिचालनमार्फत पुर्‍याएको सहयोगको सह्राना गरेका छन् । परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीसँगको राष्ट्र्रसंघ मुख्यालयमा सोमबार भएको भेटवार्तामा महासचिव गुटेरर्सले नेपालको विकास प्रयास तथा संस्थागत परिपाटी निर्माणको दिशामा राष्ट्रसंघीय सहयोग निरन्तर रहने बताए ।

शान्ति स्थापना प्रक्रियामा नेपालको साथ सह्रानीय : राष्ट्रसंघ महासचिव

‘शान्ति, विकास र समुन्नतिको दिशामा राष्ट्र्रसंघीय मार्गनिर्देशन अनुसार काम गर्न नेपाल तत्पर छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले महासचिव गुटेरर्ससामु भने । मन्त्रीले राजनीतिक स्थायीत्वको चरणपछि आर्थिक र सामाजिक विकासको बाटोमा लागिपरेको बताउँदै दिगो विकास हासिल गर्न स्रोत–साधनको अभाव भएपनि प्रयास जारी रहेको जानकारी गराएका थिए ।


परराष्ट्र मन्त्री ज्ञवालीले आगामी अप्रिल महिनामा नेपालमा ‘सगरमाथा संवाद’ गर्न लागिएकोमा महासचिव गुटेरर्सलाई आतिथ्यका लागि आग्रह गरेका थिए । उक्त अवसरमा ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट औपचारिक निम्तो समेत दिएका थिए ।


परराष्ट्रमन्त्री ज्ञवालीले न्यूयोर्कस्थित नेपाली वाणिज्य दूत कार्यालयको निरीक्षण गर्दै कार्यालयले आर्थिक कुटनीति प्रवर्द्धनमा सक्दो कार्य योयोजना तयार गर्दै कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् । वाणिज्यदूत कार्यालय दुई जना कुटनीतिक कर्मचारीको भरमा सञ्चालनमा छ ।

प्रकाशित : आश्विन १४, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?