कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महरालाई कारबाही गर्न माग 

रमेशकुमार पौडेल

चितवन — नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा सांसद उमा रेग्मीले सभामुख कृष्णबहादुर महरामाथि कारबाही गर्न माग गरेकी छन् ।

महरालाई कारबाही गर्न माग 

अध्यक्ष रेग्मीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर यो घटनामा सभामुख महराले राजीनामा दिएरै मात्रै नपुग्ने र महरामाथि कानुनी कारबाहीको प्रकृया तत्काल सुरु हुनुपर्ने माग गरिन् । उनले पीडित महिलाले आफूलाई घटना भएकै दिन राति फोन गरेर रुदै जानकारी दिएको बताइन् ।


कानुनी कारबाहीको प्रकृया तत्काल सुरु नभए महिला संघ ७७ जिल्लाका वडावडा तहबाट आन्दोलनमा जाने उनले चेतावनी दिइन् । घटनाको बारेमा पीडित महिलाले रुदै आफूलाई भनेको हुँदा यसका बारेमा संघ चुप लागेर नबस्ने उनले बताइन् । ‘दुरसञ्चारको कल रेकर्ड हेरे हुन्छ । रुदै बोलेको हो । यस्तो जघन्य अपराध हुँदा कारबाही भएन भने हामी धेरै समय चुप लागेर बस्दैनौं’ अध्यक्ष रेग्मीले भनिन् ।


पछिल्लो समय आफू सासंद भएर गएदेखि नै ती महिलाले बेला बेलामा आफ्नो रक्तचाप परीक्षण गर्ने गरेको रेग्मीले बताइन् । ‘साढे ११ बजे फोन आयो । अरु दिन त म सुत्छु संयोगवश त्यस दिन सुतेको रहेनछु । कसले गर्‍यो अर्जेन्ट नै पो हो कि भनेर फोन उठाएँ । अनि उहाँले रुँदै घटनाको बारेमा बताउनु भयो’ रेग्मीले भनिन् । यो घटनामा सरकारले ढाकछोप गर्नभन्दा कारबाही नै गर्ने तर्फ लागेर न्याय दिन माग गरिन् ।


‘सबै पार्टी गम्भीर भएर पीडितलाई न्याय दिनुपर्छ । अहिलेसम्म महिलाहरुले न्याय पाएका छैनन् । यो घटनामा त्यसो हुनु हुँदैन । यो केशमा न्याय पाए सरकारप्रति थोरै भएपनि विश्वास बढ्छ’ रेग्मीले भनिन् । घटनाको विषयमा सत्तारुढ दल निकटको महिला संघले न्याय दिने विषयमा राम्रो पहल गर्न नसक्लान भनेर ती महिलाले आफूलाई सम्पर्क गरेको रेग्मीले दाबी गरिन् ।


सोमबार दिनभरी आफूले घटनाका बारेमा अध्ययन गर्दा महिला पीडामा परेको विषयमा कुनै शंका नरहेको अध्यक्ष रेग्मीको भनाइ छ ।


प्रहरीलाई ती महिलाले तत्काल बोलाएको तर प्रहरीले यो घटनाको बारेमा गम्भीर नभएको पत्रकार सम्मेलनमा रेग्मीले बताइन् । ‘प्रहरी आएको छ सबै खिचेर लगेको पनि छ रे । कारबाही होला भनेर ती महिला ढुक्क पनि हुनुहुन्थ्यो । तर प्रहरीले प्रमाणहरु लिएर त गयो अहिलेसम्म प्रहरीवृत्तबाट केही कुरा आएको छैन’ रेग्मीले भनिन् । महरालाई कराबाही नगर्ने र पीडितलाई तर्साउने काम कतैबाट पनि हुन नहुने उनले बताएकी छन् ।

यो पनि पढ्नुहोस्:

सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

महरा प्रकरण : राजीनामा पनि स-सर्त ? फरक दलको सभामुख/उपसभामुखको बाटो खुल्यो

प्रकाशित : आश्विन १४, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?