कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

महरा प्रकरण : राजीनामा पनि स-सर्त ? फरक दलको सभामुख/उपसभामुखको बाटो खुल्यो

दुर्गा खनाल

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले राजीनामा  पत्रमा ‘छानविन नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा पत्रको भाषा हेर्दा उनी छानविन सकिएपछि फेरी फर्किन चाहन्छन् भन्ने झल्किन्छ । तर संधिवान र कानुनले उनको यो भाषालाई चिन्दैन । राजीनामा दिएपछि उनको पद गएको छ । उनले उपसभामुखलाई राजीनामा दिएका छन् । 

महरा प्रकरण : राजीनामा पनि स-सर्त ? फरक दलको सभामुख/उपसभामुखको बाटो खुल्यो

राजीनामा दिएपछि त्यो स्वीकृत/अस्वीकृत गर्ने प्रक्रियामा जानु पर्दैन स्वतः सक्किन्छ। संवैधानिक कानुनका जानकार अधिवक्ता टीकाराम भट्टराईकाअनुसार महराको पद समाप्त भएको छ । ‘अब अर्को सभामुख चयन गर्नुपर्छ’ उनले भने,‘राजीनामा ससर्त हुँदैन । छानविनबाट क्लिन चिट पाउने अवस्था बनेपनि अब उहाँको पद फर्किँदैन ।’


उनका अनुसार सभामुखले राजीनामा दिएको औपचारिक जानकारी संसदमा गराउनुपर्छ । अहिले संसदको अधिवेशन चलेको छैन । नयाँ अधिवेशन सुरुभएपछि राजीनामा पत्रबारे जानकारी गराउनुपर्ने हुन्छ । त्यसपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ । नयाँ सभामुख चयन नहुँदा सम्म सभामुखले गर्दै आएको काम स्वतः उपसभामुखले गर्नेछिन् । सभामुखको अनुपस्थितिमा गर्ने काम उपभामुखले गर्ने संविधानमा प्रावधान छ ।


महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधानको कार्यान्वयन गर्नकालाई बाटो खुलेको छ । अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ । त्यसैले सभामुख र उपसभामुख मध्ये एउटा पद अब सत्तारुढ नेकपा भन्दा अर्को दलको भागमा पुग्नेछ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ । तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो । यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ ।

प्रकाशित : आश्विन १४, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?