कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गौरादह नगरपालिकामा तोडफोड

अर्जुन राजवंशी

दमक — स्थानीय उपभोक्ता समितिका अध्यक्ष धनबीर राजवंशीको मृत्यु भएको विषयलाई लिएर आज मंगलबार झापाको गौरादह नगरपालिकाको कार्यालय भवनमा ढुंगामुढा भएको छ । 

गौरादह नगरपालिकामा तोडफोड

गौरादह-८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजवंशीको सोमबार बिहान मृत्यु भएको थियो । आईतबार टहरा निर्माणको भुक्तानी लिन आएका राजवंशी भुक्तानी नपाएपछि नगरपालिकाको कार्यालयमै बेहोस भएर ढलेका थिए ।


नगरपालिकाका इन्जिनियर सचिनकुमार क्षेत्रीका कारण राजवंशीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीय सोमबारदेखि विरोधमा उत्रिएका छन् । उनीहरुले मृतकको शव नगरपालिकामा राखेर सोमबारदेखि नगरपालिका घेराउसहित विरोध प्रदर्शन गरिरहेका छन् ।


विरोधमा उत्रिएका प्रदर्शनकारीले मंगलबार बिहान नगरपालिकाको कार्यालयमा ढुंगामुडा गर्दै तोडफोड गरेका हुन् ।


प्रकाशित : आश्विन १४, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?