कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दुबईमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।

दुबईमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

दुर्घटना परी अन्य ६ जना घाइते छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ।


दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा ज्यान गएको हो । दुर्घटना सोमबार बिहान ४:५४ मा भएको थियो ।


नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपाली कामदारको नाम खुलेको पनि ठेगाना खुलिसकेको छैन । मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् । ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे ।


कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो ।


दुबई प्रहरी ट्राफिक विभागका निर्देशक सैफ मुहहैर अल मजरोयुईका अनुसार माइक्रो बसमा १३ जना सवार थिए । मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ ।

प्रकाशित : आश्विन १३, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?