कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट 

राजबहादुर शाही

मुगु — चन्द समूहका कार्यकर्ताले सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि निर्घात कुटपिट गरेका छन् ।

सोमबार सोरुकोटस्थित गाउँपालिकाको कार्यालय जाने क्रममा तारापानी सिप गाउँमा उपाध्यायलाई चन्द समूहले कुटपिट गरी सख्त घाइते बनाएका छन् । घाइते अधिकृतको गमगढीस्थित अस्पतालमा उपचार भइरहेको छ ।


उनको टाउको गम्भीर चोट लागेको र सिटीस्याक्न गर्नुपर्ने भएकोले सोमबार नै हेलिकप्टर मार्फत नेपालगन्ज लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमा घिमिरेले बताए ।


उपाध्यायलाई कुटपिट गरेको भन्ने खबर प्राप्त भएको प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद शाहले बताए । उनले कुटपिट गर्ने व्यक्तिको खोजी कार्य अघि बढाइएको जानकारी दिए ।

प्रकाशित : आश्विन १३, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?