कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको चियापानमा १ लाखलाई निम्तो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले चाडपर्वको शुभकामना आदानप्रदानका लागि असोज २९ गते चियापान कार्यक्रम गर्ने भएको छ ।

नेकपाको चियापानमा १ लाखलाई निम्तो

चियापानको तयारीमा लागि आइतबार महासचिव विष्णु पौडेल सहितको बैठक बसेको थियो । बैठकले एक लाख भन्दा बढीलाई व्यक्तिगत रुपमै निमन्त्रणा कार्ड पठाउने तय गरेको छ ।


राजधानीको भृकुटीमण्डपमा दिउसो १२ देखि ५ बजे सम्म हुने कार्यक्रममा राजनीतिक दल, कुटनीतिक नियोग, पार्टी नेता कार्यकर्ता, कर्मचारी, नेपाली, सेना, प्रहरी, कलाकार, सस्कृतिकर्मी, लेखक पत्रकार लगायत सर्वसाधारणलाई सार्वजनिक निम्तो गरिने नेकपाले जनाएको छ ।


नेकपाले हरेक बर्ष दशैतिहार, छठ, नेपाल संम्वत्, इद, ल्होसार लगायतका चाडपर्वमा शुभकामना आदानप्रदान गर्न चियापान गर्दै आएको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?