कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मतदातासँग वाचा गर्दै गगनले भने, 'कहिल्यै शिर निहुराउने काम गर्ने छैन'

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आफ्ना क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् ।

मतदातासँग वाचा गर्दै गगनले भने, 'कहिल्यै शिर निहुराउने काम गर्ने छैन'

दसैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा खचाखच उपस्थित आफ्ना मतदातासँग थापाले आफू कहिल्यै नथाक्ने र शिर निहुराउने काम पनि नगर्ने वाचा गरेका हुन् ।


निर्वाचन क्षेत्रका मतदातासँग थापाले विकास निर्माणका योजना मात्रै सुनाएनन्, काठमाडौंका सडक सुधार र कालोपत्रेका लागि सडक विभागले दिएको हैरानी र कष्टका पीडा समेत सुनाएका थिए ।


थापाले तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि मुलुकले आर्थिक सम्वृद्धिको बाटो पकड्न नसकेको बताए । यही खालको राजनीतिक दिशाले छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न नसक्ने थापाको भनाई थियो ।


‘दुई कम्यूनिष्ट पार्टी एकीकरण भएर एउटै पार्टी मिल्दा दुवैको गुण समायोजन भई मुलुक अग्रगतिमा जाने अपेक्षा थियो, तर, अहिले दुवै पार्टीको अवगुणहरु मिल्न गएर मुलुक उल्टो गतिमा अघि बढ्न थालेको छ ।’ उनले भने ।


शुभकामना आदनप्रदान कार्यक्रममा थापा आफैँले निर्वाचन क्षेत्रका कार्यकर्ताहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित : आश्विन १२, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?