१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दसैं लागेसँगै देशभर गाडीको रुटपरमिट खुल्ला

शनिबार मात्रै बाहिरिए १ लाख १२ हजार यात्रु
विमल खतिवडा

काठमाडौँ — घटस्थापनाको दिन आज (आइतवार) बाट देशभर चल्ने सार्वजनिक सवारी साधनकालागि इजाजत पत्र (रुट परमिट) खुल्ला गरिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै रुट परमिट खुल्ला गरेको हो ।

दसैं लागेसँगै देशभर गाडीको रुटपरमिट खुल्ला

त्यस्तै १० चक्के भन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । रुट परमिट खुल्ला भएपछि पूर्वमा चल्ने गाडीले पश्चिममा पनि यात्रु बोकेर जान पाउने छन् । रुटमा रोकतोक हुने छैन ।


‘यसरी चल्ने गाडीले कुनै एउटा रुटको परमिट लिएको हुनु पर्ने छ, रुट नलिई गाडी चल्न पाउँदैन,’ यातायात व्यवस्था विभागका विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘१० चक्के र यो भन्दा ठूला ट्रक,ट्र्रेलर सबैलाई चितवनटबाटै रोकेका छौं ।’ उनका अनुसार पहिल्यै सुचना जारी गरिएकाले धेरैलाई जानकारी भइसकेको छ ।


खाद्यान्न, औषधि, कुहिने सामान, खसीबोका बोकेर आएका साधनलाई रोकिने छैन । निर्माण सामाग्री बोकेर आउने १० चक्केभन्दा ठूला सवारी साधनलाई रोकिने छ । नागढुंगा भएर आउने ठूला सवारी साधनलाई मात्र रोक लगाइएको महानिर्देशक हमालले बताए । यो खण्डमा सवराी जाम बढी हुन्छ ।


दसैंको समयमा धेरै सवारी साधन यही खण्ड भएर जाने गरेका छन् । यो खण्ड भएर दैनिक ८ हजार भन्दा बढी सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन् । चाडबाडको समयमो यो संख्या दोब्बर हुन्छ ।


महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रवि पौडेलका अनुसार पहिल्यै सूचना जारी गरिएकाले मालवहाक साधन आएका छैनन् ।

सीमा नाकाबाट आएमा ती साधनलाई चितवनमै रोकिने छ । एसपी पौडेलका अनुसार टिकट बुक गरेका यात्रु शनिबारबाटै घर जान सुरु गरेका छन् । शनिबार मात्र १ लाख १२ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । १३ हजार सवारी साधन यात्रु बोकेर गएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘आइतबार पनि यात्रु बोकेर सवारी साधन बाहिरिने क्रम जारी छ,’ उनले भने, ‘कंही कतै समस्या आएको छैन, नागढुंगा–नौबिसे खण्डमा पनि सहज छ ।’


प्रकाशित : आश्विन १२, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?