२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘झूट कुरा आउँदा आन्दोलन गर्न कहाँ जाने ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाले हुँदै नभएका झूटा समाचार प्रकाशन र प्रसारण गरेर आफूहरूलाई अन्यायमा पारेको बताएका छन् ।

‘झूट कुरा आउँदा आन्दोलन गर्न कहाँ जाने ?’

राजधानीमा शनिबार ‘दैनिक अनलाइन’ शुभारम्भ गर्दै उनले सामाजिक सञ्जाल र डिजिटल मिडियामा प्रकाशन/प्रसारण हुने गरेका हेर्न र सुन्नसमेत नसकिने समाचारविरुद्ध आफूहरू आन्दोलन गर्न कहाँ जाने भन्ने प्रश्नसमेत गरेका छन् ।


कतिपय मिडियाले आफूविरुद्ध केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई बालुवाटारमा लुकेर गई भेटेको भनेर हुँदै नभएको समाचार छापेको दाहालले बताए । त्यस्ता समाचारले आफूलाई पीडा हुने गरेको उनको भनाइ छ ।


‘भारतका विदेशमन्त्री यहाँ आउनुभयो, हामी भेट्ने भन्नेमै थियौं । तर पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष भएका नाताले मैले या त हामीकहाँ आउँदा भेट्न सजिलो हुन्छ या त बीचमा कहीँ भए सजिलो हुन्छ भनें । त्यो मिलाउन नसकेपछि भेट भएन,’ उनले भने, ‘तर मिडियामा खुसुक्क लुकेर गएर मैले बालुवाटारमा भेटें भनेर आयो । मैले भेटेकै थिइनँ ।’ तथ्यहीन विषयवस्तुसित नाम जोडेर आउँदा राजनीतिक नेताहरू हैरान हुने गरेकोप्रति गम्भीर हुनसमेत पत्रकारलाई उनले आग्रह गरे ।


यस्तै कारण कतिपय मुलुकले सामाजिक सञ्जाल र डिजिटल मिडियालाई नियन्त्रण गरेको उनको भनाइ छ । आफूहरू भने त्यसतर्फ नलागेको उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?