कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

समानन्द हत्या प्रकरण : आरोपितलाई थुना आदेश, पीडित परिवारलाई कुटपिट

विनु तिम्सिना

(विराटनगर) — समानन्द यादव हत्याका ओरापी विराटनगर १४ का २७ वर्षिय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलसाले हत्या प्रकरणमा पक्राउ परेका यादवलाई पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो ।

समानन्द हत्या प्रकरण : आरोपितलाई थुना आदेश, पीडित परिवारलाई कुटपिट

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ बमोजिम यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको जिल्ला अदाल मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् ।


समानन्द हत्या प्रकरणमा तीनजना जनप्रतिनिधीसहित नौं जना फरार छन् । दिपेश विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवका भतिज हुन् । वडा अध्यक्ष यादवलाई पनि यो मुद्दामा प्रतिवादी बनाएको छ । उनी अहिले फरार छन् ।


सरकारी वकिलको कार्यालयले अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो । अभियुक्त यादवको अदालतमा बयान सकिएपछि शुक्रबार थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसमा वादीकोतर्पबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्याधिवक्ता मनोजकुमार आचार्यले बहस गरेका थिए ।


अदालतले हत्या प्रकरणमा फरार रहेकाहरुको हकमा पक्राउ पूर्जी सहितको म्याद जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । शुक्रबारको बहसपछि अदालतले पक्राउ पूर्जी सहितको २१ दिने म्याद जारी गरेको हो ।


यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउापालिका–१ नम्बर वडाध्यक्ष प्रदीपचन्द यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव फरार छन् ।


आफुले खाजेको केटिसंग विवाह नगरेको भन्दै जेठ ३२ गते वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको उपचारको क्रममा असार २७ गते मृत्यु भएको थियो ।


पीडित परिवारलाई कुटपिट

अदालतको बहस सुन्न आएका मृतक समानन्द यादवका परिवारका सदस्य बाटोमा कुटिएका छन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवका आफन्तहरुले शुक्रबर बहस सुन्न अदालत गएकी मृतक सामानन्दकी श्रीमती किन्दलादेवी यादवमाथि बाटो छेकेर कुटपिट गरेका हुन् ।


मुद्दाको बहस सुन्न आउँदै गर्दा बाटो छेकेर आफुमाथि कुटपिट भएको उनले बताइन् । बाटो छेकेर कुटपिट गरेकाहरुले अदालत परिसरमा पनि समानन्दको श्रीमतीमाथि कुटपिट गर्न खोजेका थिए । दुई पक्षबीच झडप हुने स्थिति बनेपछि प्रहरीले दुबै पक्षलाई रोकेको थियो ।


प्रकाशित : आश्विन १०, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?