कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षार्थीको हातमा उत्तरसहितको प्रश्नपत्र

हरि गौतम

(रुकुम पश्चिम) — शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा प्रश्नपत्रको साटो उत्तर पनि उल्लेख गरिएको ‘की’ परेको छ । शुक्रबार भएको मावि तहको अध्यापन अनुमति पत्रको परीक्षाको क्रममा परीक्षार्थीको हातमा उत्तर की पुगेको हो ।

मुसीकोट नगरपालिका–१, स्थित त्रिभुवन जनता माविको परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षार्थीलाई उत्तर प्रष्ट भएको प्रश्न ‘की’ बाँडिएको थियो ।

४० पूर्णाङ्कको वस्तुगत प्रश्नमा ‘प्रश्न की’ बाड्नुपर्नेमा ‘उत्तर की’ बाँडिएको थियो । केही परीक्षार्थीलाई उत्तर की परेको थियो । परीक्षा सुरु भएको डेढ घण्टापछि मात्रै उक्त कुरा पत्ता लागेको थियो ।

प्रश्न की को सट्टामा उत्तर की परेपछि कक्षा निरीक्षकले परीक्षार्थीबाट उक्त की मागेर फेरि अर्को प्रश्नपत्र दिएका थिए । शिक्षक सेवा आयोगबाट आएका प्रश्न पत्र बाँड्दा आफू सहित केही परीक्षार्थीलाई उत्तर की परेको एक परीक्षार्थीले बताए । यसलाई उक्त की नभनेर सहि उत्तरलाई बोल्ड गरेको वा हाइलाइट गरेको पनि भनिएको छ ।

वस्तुगत प्रश्न पत्रको ४ सेट मध्य एउटा सेटका दश प्रश्नको उत्तर प्रष्ट बुझिने गरी लेखिएको थियो । परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केही त्रुटी भेटिएको र तत्कालै सच्च्याइ सकिएको बताए ।



प्रकाशित : आश्विन १०, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?