कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

राउटेहरुले भक्तपुरमा गरे हस्तकला प्रर्दशन

लिला श्रेष्ठ

(भक्तपुर) — लोपोन्मूख घुमन्ते राउटे समुदायले बनाएका काठका सामाग्री भक्तपुरमा प्रर्दशन गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विश्वसम्पदामा सूचिकृत न्यातपोल (पाँचतले मन्दिर) परिसरमा राउटे समुदायले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो । 

राउटेहरुले भक्तपुरमा गरे हस्तकला प्रर्दशन

शनिबारसम्म चल्ने उक्त प्रर्दशनीमा राखिएका सामाग्री एउटै हतियार बोसिलाले बनाइएको भक्तपुर आईपुगेका राउटे प्रकाश शाहीले बताए ।


घरयासी प्रयोगमा आउने काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि (हटकेश), सानो मधुस (कन्तुर), बाकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका छन् । प्रति सामग्रीको मूल्य ८ सयदेखि ४ हजार रूपैयाँसम्म निर्धारण गरिएको छ । उक्त सामानमा फलामको किला प्रयोग गरिएको छैन ।


दैलेखकको गुराँस गाउँपालिकाका प्रकाश कलियाल, शिवराज शाही, दीपक शाही र कलम शाहीले टुनी, सिमल, गिठीको काठबाट बनाएका विभिन्न हाते सामाग्री प्रदर्शनीमा राखिएको हो ।

मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाले उनीहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरेको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले बताए ।


राउटेले प्रर्दशनीमा राखिएको सामाग्री खरिद गर्दै सांसद महेश बस्नेलते राउटे समुदायलाई समाजमा घुलमिल गराउनका लागि उनीहरू बनाएको सामाग्री प्रर्दशनीमा राख्ने व्यवस्था मिलाइएको बताए । उनले अब राउटे समुदाय वन जङ्गलमा मात्र नभइ नेपाली समाजमा घुलमिल भई आर्थिक र सामाजिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।


भक्तपुर आईपुगेका राउटे टोलीका प्रमुख प्रकाश शाहीले दशैं खर्चको जोहो गर्न आफूहरू राजधानी आईपुगेको बताए । ‘हस्तकलाका सामग्री बिक्री गरी दशैं मनाउन दैलेख जान्छौं,’ उनले भने ।


प्रकाशित : आश्विन १०, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?