हिमाली मुलुकहरुको संगठन प्रस्ताव : 'पर्यावरणीय स्वास्थ्य बचाउन राजनीतिक–संयन्त्र'

देवेन्द्र भट्टराई

न्यूयोर्क — जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने हिमाली क्षेत्र र हिमाल जोडिएका राष्ट्रहरुको विशेष संयन्त्र ‘हिमाली मुलुकहरुको मित्रवत समूह’ लाई राष्ट्रसंघले औपचारिक मान्यता दिनका लागि नेपालले आग्रह गरेको छ ।

ZenTravel


नवगठित यो समूहको साइडलाइन बैठकमा बिहीबार सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हिमालयन ग्लेसियर पग्लने, पर्यावरणीय स्वास्थ्य असन्तुलित हुने र सबैभन्दा बढी स्थानीय बासिन्दा प्रभावित हुने हिमाली क्षेत्रको बचाउमा लागी पर्न पनि सम्वद्ध मुलुकहरुको साझा आवाज जरुरी रहेको बताए। ‘यही साझा आवाजका पक्षमा दबाब सृजना गर्न हिमाल जोडिएका राष्ट्रहरुको राजनीतिक संयन्त्र जरुरी देखिएको हो,’ मन्त्री बस्नेतले भने, 'यो समूह र संयन्त्रलाई राष्ट्रसंघले औपचारिक मान्यता दिनुपर्छ भनेर साइडलाइन बैठकमा धारणा राखेको छु।’

हिन्दु-कुश क्षेत्रका पहाडसहित यस्ता २ दर्जनभन्दा बढी मुलुकहरु अहिलेको यो मित्रवत समूहमा जोडिएका छन्। मन्त्री बस्नेतले इसिमोडले गरेको एक अध्यनमा यो शताब्दीको अन्त्यसम्ममा हिन्दु-कुश क्षेत्रको एक तिहाइ हिमाल पग्लिएर सकिने र पृथ्वी तापमान १ दशमलव ५ प्रतिशतका अनुपातमा वृद्धि भएर जानेबारे सतर्कता राख्न पनि हिमाली मुलुक जोडिएको राजनीतिक संयन्त्र अपरिहार्य देखिएको धारणा राखेका थिए।

पर्यावरण र जलवायु परिवर्तनको ग्लोबल सरोकारमा जोडिएर यसमा देखिएका चुनौती तथा समस्या समाधानका उपायमा नेपालले २०२० अप्रिलमा नेपालमा गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा डाइलगबारे मन्त्री बस्नेतले जानकारी गराएका थिए।

यसैगरी मन्त्री बस्नेतले ‘जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानमा विश्व समुदाय गम्भीर बन्नुपर्ने’ धारणा राखेका छन्। राष्ट्रसंघीय महासभा बैठक क्रमको जलवायु कार्यशिखर सम्मेलनमा मन्तव्य राख्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको प्रभावबाट साना तथा गरिब मुलुकहरु बढी प्रभावित रहने बताएका छन्। मन्त्री बस्नेतले नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको बताउँदै आगामी यो वर्षलाई राष्ट्रिय वृक्षारोपण वर्षका रुपमा मनाइँदै गरेको जानकारी दिएका थिए। उनले नेपालमा प्रभावकारी संरक्षणको नमुना बनेको सामुदायिक वनको अवधारणालाई विश्व समुदायले आत्मसात गर्नुपर्ने सुझावसमेत दिएका थिए।

प्रकाशित : आश्विन १०, २०७६ १६:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक : एउटै मञ्चमा एकैपटक बस्न चाहेनन् भारत-पाकिस्तान

देवेन्द्र भट्टराई

न्यूयोर्क — दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर बैठकसहतिका प्रक्रियाहरु अवरुद्ध भएको लामो समयपछि न्यूयोर्कमा बिहीबार अपरान्ह सम्पन्न सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक पनि खासै 'उपलब्धिमूलक'  देखिएन ।

सार्क अध्यक्ष राष्ट्र नेपालको आग्रह तथा समन्वयमा न्यूयोर्कमा राष्ट्रसंघीय महासभा बैठक जारी रहेका बेला स्थानीय होटल वेस्टिनमा गरिएको साइडलाइन बैठकमा सार्क सदस्यहरु अफगानिस्तान, बंगलादेश र श्रीलंकका विदेशमन्त्री उपस्थित हुन सकेनन् ।
भारत र पाकिस्तानका विदेशमन्त्री बैठकमा सहभागी भएपनि बैठकको फरक-फरक समयमा उपस्थित भए । उनीहरुले एकैसमयमा एउटै मञ्च सेयर गर्न चाहेनन् ।

दिउँसो १ बजे सुरु भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सुरुमै आएर आफ्नो मन्तव्य राख्दै आधा घण्टाभित्रैमा होटलबाट बाहिरिएका थिए ।

जयशंकर बाहिरिएपछि मात्रै बैठकस्थलमा आएका पाकिस्तानी विदेशमन्त्री शाह महमद कुरेसीले 'कश्मीर मामला हल नभएसम्म भारतसँग कुनै प्रकारको साझेदारी हुन नसक्ने' भन्दै मिडियालाई प्रतिक्रिया दिएका थिए ।

विशेष गत अगष्ट ५ मा भारतले संविधानको ३७० धारा निलम्बन गर्दै जम्मु-कश्मिरलाई छुट्टै राज्यको मान्यता दिएपछि बढेको भारत-पाक विवादले क्षेत्रीय तहमा बेमेलको अवस्था निम्त्याएको हो ।

बैठकमा अफगानिस्तानका सहायक विदेशमन्त्री, बंगलादेशबाट विदेश मन्त्रालयका महानिर्देशक र श्रीलंकाका विदेश सचिव मात्रै उपस्थित थिए ।

तर यो साइडलाइन बैठकलाई आयोजकका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै उपलब्धिमूलक भनेर प्रतिक्रिया दिएका छन् ।

'हामीबीच बलियो क्षेत्रीय सहकार्य जरुरी रहेको बोध सबै सदस्य राष्ट्रले गरेका छन् । व्यापार, पर्यटन र लगानीका क्षत्रेमा बलियो सहकार्य आवश्यकता देखिएको छ,' बैठकपछि मन्त्री ज्ञवालीले भने, 'जलवायु परिवर्तन, गरिवी निवारण र आतंकवाद विरोधमा साझा दृष्टिकोण चाहिएको बोध भएको छ । अब सार्क आवश्यक रहेन, यो अनुपयुक्त भयो भनेर कसैले भनेको छैन । सबैले आ-आफ्नो देशमा रहेका सार्कका संयन्त्र र सांगठनिक कामबारेमा जानकारी दिएका छन् ।'

मन्त्री ज्ञवालीका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले 'भारत समृद्ध दक्षिण एशिया देख्न चाहेको' बताउँदै सार्क संयन्त्रकै कारण पाएका उपलब्धीहरुको चर्चा पनि गरेका थिए । उनले सार्क स्याटेलाइट, सार्क युनिभर्सिटी, सार्क डिजास्टर सेन्टर जस्ता संयन्त्रबारेमा चर्चा गरेका थिए ।

प्रकाशित : आश्विन १०, २०७६ ११:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×