कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनकपुरबाट १८ किलो चाँदीसहित एकजना पक्राउ*

सन्तोष सिंह

(धनुषा) — जनकपुरबाट सशस्त्र प्रहरीले १८ किलोग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारततर्फ ज७प ५७७१ नम्बरको मोटरसाइकलमा चाँदी लिएर जाँदै गर्दा महोत्तरी, पिपरा गाउँपालिका–५ का ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।

जनकपुरबाट १८ किलो चाँदीसहित एकजना पक्राउ*

साहलाई जनकपुर उपमहानगरपालिका–२२ बसविट्टीबाट सुनसहित पक्राउ गरीएको हो । शुक्रबार चेकिङको क्रममा साहको साथबाट ५ वटा प्लाष्टिकको पोकामा लुकाइ राखिएको १३ लाख ५० हजार मुल्य बराबरको चाँदी बरामद भएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।


चाँदी लिएर भारततर्फ जाँदै गरेका साहलाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए ।


सच्याइको : यसअघि प्रकाशित समाचारमा चाँदी हुनुपर्नेमा भुलवश अन्यथा हुन गएकोमा सच्याएको छ । त्रुटीका लागि हामी क्षमा प्रार्थी छौं ।


प्रकाशित : आश्विन १०, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?