कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरी बिदा नदिने प्रअविरुद्ध मुद्दा

विद्या राई

काठमाडौँ — असनको त्यौड माविका प्रधानाध्यापक सुरेन्द्र केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिएका प्रअ केसीविरुद्ध सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार (भेद्‌भाव गर्न नहुने) अन्तर्गत बिहीबार मुद्दा दायर भएको अधिवक्ता समिप घिमिरेले बताए । 

सुत्केरी बिदा नदिने प्रअविरुद्ध मुद्दा

आइतबार पक्राउ परेका केसीलाई महानगरी प्रहरी परिसरको हिरासतमा राखिएको थियो । बिहीबार जिल्ला न्यायाधीश ऋषिराम निरौलाको थुनछेक आदेशबाट ५० हजार धरौटीमा छुटेका छन् । बकपत्रका लागि अदालतले कात्तिक १ को मिति तोकेको छ ।


प्रअ केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भनि शिक्षिका अर्यालले भदौ २२ मा टेकु परिसरमा उजुरी दिएकी थिइन् ।


यो पनि

सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...

प्रकाशित : आश्विन १०, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?