कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तातोपानी नाका खुलेलगत्तै भित्र्याइँदै भेडाच्यांग्रा [तस्बिरहरु]

अनिश तिवारी

सिन्धुपाल्चोक — चीनको न्यालम खासाक्षेत्र रमितेको सडक भास्सिएपछि ठप्प बनेको तातोपानी नाका शुक्रबार बिहान खुलेको छ । नाका सञ्चालन भएलगत्तै दसैं लक्षित भेडाच्यांग्रा नेपाल भित्रिएका छन् । 

तातोपानी नाका खुलेलगत्तै भित्र्याइँदै भेडाच्यांग्रा [तस्बिरहरु]

पहिलो चरणमा झण्डै ११ सय भेडाच्यांग्रा तातोपानी क्षेत्र भित्रिसकेको व्यवसायीले बताएका छन् । भूकम्प गएको ४ वर्षपछि ऊनसहित मालवाहक गाडी भित्रिएका थिए ।


गएको शनिबार एक्कासी नाका बन्द भएपछि न्यालमबाट फर्किएका ‘पास’ वाला ५० जना व्यापारी हालै भेडाच्यांग्रा लिएर फर्किँदैछन् । ‘चीनले क्वारेन्टाइन प्रक्रिया सकेर परीक्षण गरेपछि खान योग्य (स्वच्छ मासु) छानिएका भेडाच्यांग्रा मात्रै बिक्रीको लागि ल्याइएको हो,’ जुगल गाउँपालिका पाङताङका व्यवसायी जगत थापाले भने । चीन पक्षले तिब्बती क्षेत्रबाट भेडाच्यांग्रा ल्याउने कुरालाई नेपाल लानुअघि क्वारेन्टाइन् परीक्षणलाई कडाइ गरिएको उनको बुझाइ छ ।


बर्खालगत्तै अविरल वर्षातका कारण पहिरोले अवरोध भइरहेको मितेरी पुल–न्यालम ४० किलोमिटर सडकखण्डको मर्मतसम्भार हालै सकिएको चिनियाँ प्रहरी अधिकारीले जनाएका छन् । ०७२ भूकम्प, ०७३ भोटेकोसी बाढी, बर्खापिच्छेको पहिरोले क्षतिग्रस्त चीनको भू-भागमा अन्य पूर्वाधारको धमाधम काम भइरहेको छ । केही दिनअघि दसैं लक्षित स्याउ,पस्मिनाजस्ता अत्यधिक भारका सामग्री बोकेको दुई दर्जन कन्टेनर तातोपानी नाका हुँदै राजधानी पुगेका थिए । अहिले झण्डै ७० वटा कन्टेनर लसुन ,स्याउजस्ता सामग्री लिन गइरहेको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए । ‘नाकालाई अझै व्यवस्थित बनाउन जनप्रतिनिधिबीच छलफल भइरहेको छ,’उनले भने ।


चिनियाँ र नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताएका छन् । नेपालबाट झण्डै एकसय ८२ प्रकारका सामग्री चीन निर्यात हुने अनौपचारिक सहमतिलाई मानेर व्यापार अगाडि बढाइएको उनले बताए । उनका अनुसार मुडा, खाद्यान्न, गलैंचा ,हृयान्डीक्राफ लगायत सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो ।

प्रकाशित : आश्विन १०, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?