कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लमजुङ र गोरखामा भूकम्पको धक्का

आश गुरुङ

लमजुङ — लमजुङमा फेरी भूकम्पको धक्का महसुस भएको छ । लमजुङ र गोरखा सीमा क्षेत्र भएर बिहीबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अध्ययन केन्द्रले जनाएको छ ।

लमजुङ र गोरखामा भूकम्पको धक्का

बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा गोरखाको खरिबोटबाट ५ किलोमिटर उत्तर चेपे नदी आसपास केन्द्रबिन्दु रहने गरी ४.७ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभई २०७२ बैशाख १२ गते गएको भूकम्पको पराकम्प हो ।


केन्द्रले आफ्नो वेभसाइटमा राखेको म्याप डाटाका अनुसार लमजुङको दूधपोखरी गाउँपालिका १, दूधपोखरी नजिकै केन्द्रबिन्दु देखाएको छ । दूधपोखरी गाउँपालिका १, दूधपोखरीका वडाअध्यक्ष मानसिंह गुरुङका अनुसार गाउँमा एकछिनै निकै हल्लाएको र क्षति भने केही नभएको बताए । उनका अनुसार भूकम्प जाँदा गाउँमा पानी परिरहेको थियो ।


लमजुङ र गोरखाका अलावा तनहुँ, कास्की, मनाङ जिल्लामा समेत भूकम्पको धक्का महुसस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्का महसुस पछि स्थानीय घरबाहिर निस्केका थिए ।


यसअघि आइतबार राति १० बजेर १ मिनेट जाँदा दोर्दी गाउँपालिका ६ को ताँजे र सिमी सिमानाबाट बग्ने लोंदोखोलाको फेदमा केन्द्रबिन्दु रहर ४.४ म्याग्नेच्युटको पराकम्प गएको थियो । यसअघि अघिल्लो मंगलबार बिहान दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युटको पराकम्प गएको थियो ।

प्रकाशित : आश्विन ९, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?