१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सभामुख महराले बेइजिङमा भेटे सीपीपीसीसीका उपाध्यक्ष

लक्ष्मी लम्साल

बेइजिङ — सभामुख कृष्णबहादुर महराले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्। कजाखस्तानको नुरसुल्तानमा गत सोमबार र मंगलबार आयोजित युरेशिएन मुलुकका संसद सभामुखहरूको सम्मेलनमा भाग लिएर महरा बेइजिङ उत्रिएका थिए।

सभामुख महराले बेइजिङमा भेटे सीपीपीसीसीका उपाध्यक्ष

नेपाल फर्किने क्रममा ट्रान्जिट परेर महराले बेइजिङमा भेटघाटको समय निकालेका थिए। तर सीपीपीसीसीका अध्यक्ष कजाखस्तानकै सोही कार्यक्रममा भाग लिएर रसिया भ्रमणमा निस्किएकाले महराले उपाध्यक्षसँग भेटवार्ता गरेका थिए।


बेइजिङको थ्यानआनमनस्थित त्याउयुथाइ अतिथि सदनमा भएको छलफलमा दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको संसद र चिनियाँ सीपीपीसीसीबीच सहकार्य गर्ने विषयमा छलफल भयो।


भेटवार्तामा नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्मा लगायत सांसदहरू अमृता देवी अग्रहरी, राधाकुमारी ज्ञवाली तथा बेइजिङस्थित चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पनि सहभागी रहेको दूतावासले जनाएको छ।


सभामुख महरा शुक्रबार चीनको सिचुवान प्रान्त पुगेर प्रान्तीय नेताहरूसँगको भेटवार्तामा सरिक हुने कार्यक्रम छ। महराको टोली शनिबार काठमाडौं फर्किने जनाइएको छ।

प्रकाशित : आश्विन ९, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?