१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसिड आक्रमणकी पीडित ‘मुस्कान’ अझै अस्पतालमा

अतुल मिश्र

काठमाडौँ — एसिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेकी मुस्कान खातुन अझै अस्पतालमा नै भर्ना छिन् । हाल उनको कानमा देखिएको संक्रमणको उपचार भइरहेको छ । छपकैया–२ निवासी १४ वर्षीया मुस्कान हाल ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ किर्तिपुर अस्पतालमा भर्ना छिन् ।

एसिड आक्रमणकी पीडित ‘मुस्कान’ अझै अस्पतालमा

वीरगंज नगरपालिकास्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कानलाई दुईजना युवकले गणेशमान चोक जाने गल्लीमा भाद्र २० गते बिहानै एसिड प्रहार गर्दा घाइते भएपछि उनलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर राजधानी ल्याइएको थियो ।


एसिड छ्याप्दा मुस्कानको अनुहारको दायाँ भाग, घाटी, छाति र हात एसिडका कारण डढेको छ । चिकित्सकहरुको अनुसार उनको शरिरको कुल १० प्रतिसत भाग एसिड प्रहारले डढेको छ । हाल उनको छाति र हातको एसिडले डढेको भागमा छाला समेत हालिएको छ ।


‘मुस्कानको स्वास्थ्य स्थिति ठिकै छ,’ उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले भने । उनको अनुसार खातुककाे कानमा भएको संक्रमणमा वृद्धि नभए छिट्टै अस्पतालबाट डिस्चार्ज समेत गर्न सकिने छ ।


अस्पतालका वरिष्ठ कन्सलटेन्ट प्लास्टिक सर्जन डा. किरण नकर्मीका अनुसार धेरै जसो प्रभावितहरुको अनुहार मै एसिड छयाप्ने गरेको पाइएको छ । उनले अस्पतालमा आउने कुल पोलाइका रोगी मध्ये एसिड वाट पोलिएकाको संख्या एक प्रतिसत भन्दा कम रहेको बताउँछन ।


सन २०१८ यता किर्तिपुर अस्पतालमा ८ जना एसिडले पोलेर उपचारका लागि आएका छन् । यसमध्ये ३ जना प्रयोगशालामा संलग्न रहँदा आफनो गल्तीका कारण एसिडको चपेटामा परेका थिए भने भने ४ महिला र एकजना पुरुष गरी ५ जनालाई अन्य व्यक्तिले एसिड छ्यापेका थिए ।


प्रकाशित : आश्विन ९, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?