३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यी हुन् यो हप्ता मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

बलराम बानियाँ

काठमाडौँ — नेपाल सरकारले शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता रद्द गरेको छ । बिहीबार मन्त्रिपरिद्को निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मण्डलले मोरङ जिल्ला प्रशासनबाट जारी नागरिकता रद्द गरिएको जानकारी दिएका हुन् । उनले भने, 'मण्डललाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।'

यी हुन् यो हप्ता मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

यस्तै मन्त्रिपरिषद्को बैठकले पूर्व राष्ट्रपति रामवरण यादवको भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको खर्च व्यहोर्ने निर्णय गरेको छ । बैठकले पूर्व राष्ट्रपति यादवको उपचारमा लागेको खर्चको फर्छ्यौट बिलका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावास मार्फत् भुक्तानी गर्ने निर्णय गरेको छ ।


यस्तै गत असोज ४ गते भरतपुर महानगरपालिका-१६ को वडाध्यक्ष चतुर्मान गुरुङको निधनपछि रिक्त भएको पदको निर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । उनले भने, 'आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्नेगरी निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।'


मन्त्रिपरिषद्ले एसिड आक्रमणबाट घाइते जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापनका लागि जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन ९, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?