१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

द्वन्द्व पीडितले गरे शीर्ष नेताविरुद्ध नाराबाजी

घनश्याम खड्का

काठमाडौँ — द्वन्द्व पीडितहरुले आफूहरुको कुरा नसुनी कार्यक्रमबाट बाहिरिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु विरुद्ध नाराबाजी गरका छन् । बिहिबार राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायको निकासका लागि भनेर आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आफ्नो कुरा राखेर कार्यक्रमबाट बाहिरिएपछि पीडितहरुले नाराबाजी गरेका हुन् ।

द्वन्द्व पीडितले गरे शीर्ष नेताविरुद्ध नाराबाजी

देउवा हतार छ भन्दै कार्यक्रमबाट बाहिरिएका थिए । कार्यक्रममा देउवाले करिब १५ मिनेट सम्बोधन गर्दै आफ्ना कुराहरु राखेका थिए । पीडितहरुले कार्यक्रममा शिर्ष नेताहरु नआएको भन्दै नाराबाजी समेत गरे ।


आयोगले शीर्ष दलका नेताहरुलाई यही कार्यक्रमका लागि बोलाएको हो । पीडितहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कुरा सुनेपछि मात्र बोल्ने बताएका छन् ।


कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संक्रमणकालीन न्यायको निकासका लागि आफूहरु लागेको बताउँदै पीडितहरुसँग आफ्नो पार्टी माफी माग्न तयार रहेको बताए । उनले पीडितहरुसँग सरकारले समेत माफी माग्नुपर्ने धारणा नेता नेपालले धारणा राखे । कार्यक्रममा नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सबै पक्षको कुरा सुनेको भए राम्रो हुने खालको आशय व्यक्त गरेका थिए ।

नेकपाका अध्यक्ष दाहाल, कांग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौला कार्यक्रममा आउँदै गरेको जानकारी दिइएको छ । पीडितहरुले कार्यक्रममा दाहालले कुरा राखेपछि आफूहरु बोल्ने भन्दै उनीहरुलाई पर्खिरहेका छन् ।

प्रकाशित : आश्विन ९, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?