२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कृषि विकास बैंक ह्याक काण्ड : ५ अर्ब बढी ह्याक गर्ने योजना, प्रारम्भिक रुपमा करिब ४ करोड ७४ लाख रुपैयाँ निकालिएकाे पुष्टि

थप रकम बारे अनुसन्धान हुँदै
जनकराज सापकोटा

काठमाडौँ — बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

कृषि विकास बैंक ह्याक काण्ड : ५ अर्ब बढी ह्याक गर्ने योजना, प्रारम्भिक रुपमा करिब ४ करोड ७४ लाख रुपैयाँ निकालिएकाे पुष्टि

पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्‍कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।


महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भन्ने पिटरले नेपालीहरुलाई सर्म्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको छ । महाशाखाका अनुसार रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ ।


महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।


प्रकाशित : आश्विन ८, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?