२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग

सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले कलेजहरुले लिएको अवैध शुल्क फिर्ता नगरे सत्याग्रह सहितको विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । रकम फिर्ता गराएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने उनको माग छ ।

अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग

बुधबार विज्ञप्ति जारी गर्दै केसीले रकम फिर्ता लगायत पूर्वसहमति कार्यान्वयन नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।


बढी लिएको रकम फिर्ता नगरे सम्म आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र विद्यार्थी काउन्सिलिङको काम अघि बढाउनु नहुने उनको तर्क छ । शुल्क र सिट वैज्ञानिक रुपमा निर्धारण गर्न समेत उनले चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका छन् । सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन गर्नुपर्ने केसीको माग छ ।


उनले विश्वविद्यालयहरुमा योग्यता र वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत चिकित्सा शिक्षाको पढाई सुरु गर्न माग गरेका छन् । विज्ञप्तिमार्फत् प्रत्येक प्रदेशमा मेडिकल कलेज पुर्‍याउने कामलाई गम्भीरता साथ कार्यान्वयन गर्न पनि स्मरण गराइएको छ ।

प्रकाशित : आश्विन ८, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?