करेन्टले होटल सञ्चालक दम्पतीसहित ३ को मृत्यु 

अजित तिवारी

धनुषा — जिल्लाको गणेशमान नगरपालिका ४ पोर्ताहामा करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । 

करेन्टले होटल सञ्चालक दम्पतीसहित ३ को मृत्यु 

मंगलबार राति सुतिरहेको अवस्थामा विद्युत्‌ चुहावट हुँदा पूर्वेली स्टाफ होटल सञ्चालक शिवकुमार महतो, उनका श्रीमती र एक महिला कामदारको मृत्यु भएको हो । मृतक महतोकी श्रीमती र कामदारको पहिचान खुलेको छैन ।


बुधबार बिहान प्रहरीको सहयोगमा उनीहरुको शव निकालिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार उनीहरु सुतेको कोठाका विद्युतीय सामग्री क्षतिग्रस्त छ ।

प्रकाशित : आश्विन ८, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?