अवैध रुपमा कृषि विकास बैंकबाट ३ करोड बढी रकम निकाल्ने ९ जना पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए ।


उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

युभेन्ट्स शीर्ष स्थानमा

एएफपी

मिलान — युभेन्ट्सले इटालीको सिरी ए मा ब्रेसियालाई २–१ ले हराएर शीर्ष स्थान कब्जा गरेको छ । यसै सिजन बढुवा पाएको ब्रेसियाले अल्फ्रेडोको गोलले अग्रता लिएको थियो ।

तर ब्रेसियाकै आत्मघाती गोलमा डिफेन्डिङ च्याम्पियन खेलमा फर्कन सफल रह्यो । त्यसयता मिरालेम जानिचले विजयी गोल गरे । यो जितपछि युभेन्ट्सका् ५ खेलबाट १२ अंक भएको छ ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×