शिक्षक अस्पताल खोल्न माग

काठमाडौँ — नेपाल शिक्षक महासंघले छुट्टै ‘शिक्षक अस्पताल’ स्थापना गर्न सरकारसित माग गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सैनिक, प्रहरी र निजामतीको जस्तै छुट्टै शिक्षक अस्पताल स्थापना गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकहरूलाई सहुलियत दरमा उपचार गर्ने छुट्टै अस्पताल खोल्नका लागि योगदान गर्न मुलुकभरका शिक्षक तयार रहेको बताए ।


महासंघले शिक्षकहरूको दरबन्दी मिलान गर्न तथा निजामती कर्मचारीहरूको भन्दा बढी सेवासुविधा उपलब्ध गराउनसमेत सरकारलाई आग्रह गरेको छ ।


शिक्षण पेसालाई मर्यादित बनाउन अघि सारिएका माग पूरा गर्नसमेत सरकारलाई महासंघले आग्रह गरेको छ ।

प्रकाशित : आश्विन ७, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?