कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अन्त:शुल्क स्टिकर हिनामिना : उद्योग सञ्चालक दाजुभाइलाई ३२ करोड जरिवाना

शंकर आचार्य

पर्सा — अन्तःशुल्क स्टिकर हिनामिना गरेको कसुरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले पर्साको उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिस्टिलरीका सञ्चालक शम्भुशरण प्रसाद कलवारलाई जरिवाना गरेको छ ।

अन्त:शुल्क स्टिकर हिनामिना : उद्योग सञ्चालक दाजुभाइलाई ३२ करोड जरिवाना

कार्यालयले ओमप्रकाशलाई २६ करोड १५ लाख ७० हजार ३ सय ४७ र शम्भुशरणलाई ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ जरिवाना तोकेको हो ।

प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाको इजलासले तोकिएको जरिवाना रकम बुझाउन नसके दुवैलाई ७/७ वर्ष कैद सजाय निर्धारण गरेको छ । कोइरालाको इजलासले दुई साताअघि उनीहरूसँग क्रमशः २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ रुपैयाँ र ५ करोड ४८ लाख २९ हजार २ सय ८५ रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनीहरू वीरगन्ज कारागारमा थुनामा बसेका थिए ।


आन्तरिक राजस्व कार्यालयले जेठयता दुवै मदिरा उद्योगका सबै कागजात जफत गरी छानबिन गरिरहेको थियो । यी उद्योग आन्तरिक राजस्व कार्यालय वीरगन्जअन्तर्गत दर्ता छन् ।

उदयपुर डिस्टिलरीले कार्यालयबाट खरिद गरी लगेका अन्तःशुल्क स्टिकरमध्ये नियमानुसार मदिरा उत्पादनमा खर्च जनाएको पनि नदेखिएको र स्थलगत रूपमा गरिएको भौतिक परीक्षण गणनामा मौज्दात पनि नदेखिएको पाइएको थियो । आव ०७१/७२ देखि ०७५/७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान स्टिकर हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जयश्री धौलागिरी डिस्टिलरीले आव ०७४/७५ र ०७५/७६ सम्म खरिद गरी लगेका अन्तःशुल्क स्टिकरमध्ये ७ लाख ४५ हजार ६ सय १५ थान स्टिकर हिनामिना गरेको पुष्टि भएको छ ।

प्रकाशित : आश्विन ७, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?