सरकारसँग कुनै योजना छैन : शशांक 

डम्बरसिं राई

खोटाङ — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार विकासप्रति अनुदार भएको बताएका छन् । मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको जनजागरण कार्यक्रम समापनमा महामन्त्री कोइरालाले वर्तमान सरकारसँग विकासको कुनै योजना नभएकाले योजना नै तर्जुमा गर्न नसकेको दाबी गरे ।

सरकारसँग कुनै योजना छैन : शशांक 

वर्तमान सरकार काण्डै काण्डको सरकार भएकाले अन्य विकासको योजना तर्जुमा गर्न नसकेको नेता कोइरालाले बताए । ‘निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका काण्डले भरिएको छ ।’ उनले भने,‘यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्नु पर्‍यो ।’


कोइरालाले दुई तिहाईको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा बिलाइरहेको बताए । नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्ने समेत कोइरालाले सुझाए ।

‘संविधानमाथि आक्रमण हुने सम्भावना देखिरहेको छु’ कोइरालाले भने,‘हामी मिलेर संविधानलाई जोगाउनु पर्छ ।’ उनले आफूहरु प्रतिपक्षमा बसेर सशक्त भूमिका खेलिरहेको दाबी गरे ।


कोइरालाले कांग्रेसको विचार र इतिहास सुन्दर भएपनि पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको बताए । ‘एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन् ।’ उनले भने, ‘अनि कहाँबाट कांग्रेसको जित हुन्छ ?’

प्रकाशित : आश्विन ७, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?