कार्यकर्ताले नै गरे सांसदलाई हातपात

अवधेशकुमार झा

काठमाडौँ — सप्तरी-४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीमाथि मंगलबार राजविराजमा आफ्नै पार्टीका कार्यकर्ताहरुले हातपात गरेका छन् ।

कार्यकर्ताले नै गरे सांसदलाई हातपात

स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारिदिएका हुन् ।


आसन ग्रहणको क्रममा पार्टीका कनिष्ट नेताहरुलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद सार्वजनिक मञ्चमै भएको थियो । त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे ।


विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि आज सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरे । कार्यक्रमस्थलबाट आधा सहभागि बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो ।


सभापति यादवले भने आरोप अस्वीकार गरेका छन् । उनले संसद चौधरीले नै कार्यकर्ता लाई गाली गरेको आरोप लगाए ।

प्रकाशित : आश्विन ७, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?