प्रहरीको गोलीले गाँजा तस्कर घाइते

सुवास विडारी

मकवानपुर — प्रहरीले चलाएको गोली लागेर एकजना गाँजा तस्कर घाइते भएका छन् । मंगलबार मध्यरातमा ना६ख १३१ नम्बरको ट्रकमा हेटौंडा हुँदै वीरगञ्जतर्फ गाँजा लैजादै गर्दा प्रहरीले जाँच गर्ने क्रममा भाग्न खोजेपछि चलाएको गोली लागेर ट्रक चालक अफ्रिका चौधरी घाइते भएको हुन् ।

प्रहरीको गोलीले गाँजा तस्कर घाइते

हेटौंडा-१५, रातोमोटेमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त ट्रकको जाँच गर्दा पर्सा जिल्ला वीरगञ्ज-२९ का ३५ वर्षीया चौधरीले प्रहरी जवानसहित ट्रक चलाएर अपहरण शैलीमा भाग्न खोजेपछि प्रहरीले उनलाई पछ्याएको थियो ।


प्रहरीले पछ्याउने क्रममा जाँच गर्ने स्थानभन्दा केही तलपुगेर प्रहरी जवानलाई लछारपछार गर्दै वनतर्फ लैजाने थालेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको साथमा रहेका अर्का एक व्यक्ति भने फरार छन् ।


‘प्रहरीले दुई राउण्ड मात्र गोली चलाएको थियो,' जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी जवान समेत घाइते भएका छन् । उनीहरुको साथबाट १४ पोका अर्थात ७८ केजी आठसय ग्राम गाँजा पनि नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए ।


प्रकाशित : आश्विन ७, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?