यी हुन् नेकपा र सीपीसीबीचका ६ बुँदे सम्झौता

काठमाडौँ — नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यी हुन् नेकपा र सीपीसीबीचका ६ बुँदे सम्झौता

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ६ बुँदा समेटिएका छन् ।


यी हुन् सम्झौताका बुँदाहरु :

१. उच्चस्तरीय भ्रमण

२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि

३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान

४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान

५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि

६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

प्रकाशित : आश्विन ७, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?