नेकपा र सीपीसी 'जुत्ताको नापमा खुट्टा काट्ने' होइनन्

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) 'जुत्ताको नापमा खुट्टा काट्ने' परिस्थितिको नभइ आ-आफ्ना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरिकाले मार्क्सवादको प्रयोग र विकासमा समर्पित हुने बताएका छन् । दुवै देशका कम्युनिस्टको मूल विचारधारा मार्क्सवाद नै भएपनि व्यवहारमा भने ठ्याक्कै एउटै नभएको स्पष्ट पार्दै उनले सो कुरा बताएका हुन् । उनले दुवै पार्टीले मार्क्स सिद्धान्तलाई आफ्नो देशको धरातलीय यथार्थअनुसार ढालिएको स्पष्ट पारे ।



काठमाडौँ — नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

