नेकपा र सीपीसीबीच पार्टीगत सहयोग सम्झौतामा हस्ताक्षर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री  केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 


दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। यसअघि पूर्व एमाले र पूर्वमाओवादीबीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो। एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो। अब पार्टी एकिकृत भएकाले अब एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ। अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुईपक्षीय भ्रमणहरु हुनेछन्।

नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा सोमबारबाट ‘सी विचारधारा’ माथि छलफल चलिरहेको छ। यो छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामाथि बहस भइरहेको छ। सीपीसीका तर्फबाट संगठन विचार पार्टी अनुशासन लागयतका विषयमा कार्यपत्र प्रस्तुत भइरहेका छन्।


तस्बिरहरु : अंगद ढकाल

प्रकाशित : आश्विन ७, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रसुवामा ६४ जनाका आँखा निःशुल्क शल्यक्रिया

बलराम घिमिरे

रसुवा — कालिकास्थानमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।  शिविरमा ६१ को मोतिबिन्दु र ३ जनाको आँखामा मासु पलाएको देखिएपछि शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाका इन्चार्ज सुपेन्द्र ताम्राकारले बताए । 

शल्यक्रिया गर्नुअघि १ हजार ६५० जनाको आँखा जाँच गराएका थिए । शिविरमा चिलिमे, धुन्चे, गोल्जुङ्ग, गत्लाङ्ग, खाम्जिङ्ग, स्याफ्रुबेंसी, पलेप, जिबजिबे, भोर्ले, पारर्‍याङ, कर्मीडाँडा र ठूलोगाउँ लगायत स्थानबाट बिरामी पुगेका थिए ।

कालिका गाउँपालिका–२ कालिकास्थानमा शुक्रबार र शनिबार जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले शिविर आयोजना गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७६ १२:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×