नेपालबाट मधेसवादी विलय भए : निधि

सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिले नेपालबाट मधेसवादी दल विलय भएको बताएका छन् । 'बहुरुपिया मधेसवादीहरुले पार्टीको नाम परिवर्तन गरी मधेस शब्द हटाएर कम्युनिष्टको पच्छलगु भएको छ', निधिले भने ‘मधेसको अधिकारकालागि लड्ने नारा दिएर चुनाव जितेका दल सत्तामा पुग्न दलबाट मधेस हटाएर कम्युनिटको पच्छलगु भएको छ ।’

नेपालबाट मधेसवादी विलय भए : निधि

'पार्टीको नामबाट मधेस हटाएका दलले प्रदेशको नाम मधेस राख्न मिल्दैन', उनले भने ।


धनुषाको नगराइनमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता निधिले मधेसवादको नाराकै कारण धनुषा निर्वाचन क्षेत्रबाट आफू पराजित भएर राजेन्द्र महतो निर्वाचनमा विजयी भएको बताए । मधेसीका नारा दिनेहरु मधेस शब्द पार्टीबाट हटाएका कारण उनीहरुको पछि नलाग्न कार्याकर्तालाई निधिले अग्रह गरे ।


पार्टीको दोस्रो राष्ट्रिय जागरण अभियानको क्रममा आयोजित आम सभालाई सम्बोधन गर्दे निधिलले कम्युनिष्ट सरकारले वैवाहिक अंगिकृत नागरिकताको नायाँ व्यवस्था ल्याएर स्वच्छाले विवाह गर्ने मधेसीको अधिकार खोस्न चाहेको बताए । 'सिमा क्षेत्रमा भारतीय छोरी विवाह गरी बुहारी ल्याउने पुरानो परम्परा छ', निधिले भने,‘भारतीय छोरी बुहारी नभएको मधेसमा कुनै घर छैन । तर, सरकारले बुहारीलाई नाागरिकताबाट वञ्चित गरी अधिकारबाट वञ्चित गर्ने प्रयास गरेको छ ।'


उपसभापति निधिले कम्युनिष्ट सरकारले ल्याउन लागेको नागरिकता सम्बन्धि व्यवस्था मधेसी समुदायलाई अवसरबाट वञ्चित गर्ने खेल भएको बताए ।


संघीय सरकार संघियताको अधिकार सिंहदरबारमा थुपारेर जनतालाई धोका दिएको उनले दाबी गरे । 'संघीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार सरकारले सिंहदरबारमै थुपारेका छन्', निधिले भने, ‘कम्युनिष्ट सरकारको १८ महिना उपलब्धि विहीन बनेको छ ।’


नेपाली कांग्रेसले कार्यकर्ता जागृत बनाउन जागरण अभियान मार्फत् सम्पर्क, संवाद र सक्रिया बढाएर तीन चरणमा कांग्रेसले मतदातासँग भेटन घर दैलोमा आएको उनले बताए । अभियानले कांग्रेसी–कांग्रेसीबीचको सम्बन्ध सुधार भएर पार्टी सबल बन्ने उनले बताए ।


कांग्रेसको सभामा जनताको भिड भएपनि मत प्राप्त नहुँदा कांग्रेस कमजोर भएको उल्लेख गर्दै निधिले कार्यकर्तालाई सभामा भिडसँगै चुनावमा मत पनि पार्टीलाई दिन सुझाव दिए ।

प्रकाशित : आश्विन ६, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?