३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कक्षा ११ को नतिजा सार्वजनिक हुँदै

काठमाडौँ — कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुँदैछ । परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । गत बैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज प्रकाशित हुन लागेको हो ।

कक्षा ११ को नतिजा सार्वजनिक हुँदै

परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए । नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो ।


बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो ।


११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए । १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो ।

प्रकाशित : आश्विन ६, २०७६ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?