कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नागढुंगा–सिस्नेखाला सुरुङमार्गको ठेक्का सम्झौता 

विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो । निर्माणको ठेक्कामा जापानिज कम्पनी हाज्मा/एण्डो जेभीले पाएको हो । 

नागढुंगा–सिस्नेखाला सुरुङमार्गको ठेक्का सम्झौता 

उक्त कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

सुरुङमार्ग २ दशमलव ६८ किमी हुने छ । यो २२ अर्बको ठेक्का हो । मुअब्जा वितरण र परामर्श सेवा पनि यसैमा जोडिने छ ।


जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुअब्जा नेपाल सरकार आफैले तिर्नुपर्ने छ ।

प्रकाशित : आश्विन ६, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?