कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार असोज १० मा हुने भएको छ । नेविसंघलगायत भ्रातृ संस्थाहरूको महाधिवेशन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले बताए । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

वर्षौंअघिदेखि महाधिवेशन हुन नसकी पार्टीका अधिकांश भ्रातृ संस्थाहरू भद्रगोल छन् । ८ महिनादेखि नेविसंघ नेतृत्वविहीन छ । नेताहरूबीचको आन्तरिक द्वन्द्वका कारण महाधिवेशन गर्नका लागि संघको तदर्थ समिति गठनसमेत हुन सकेको छैन ।


महाधिवेशनपूर्व सबै भ्रातृ संस्थाहरूको विधानमा एकरूपता ल्याई ६ महिनाभित्र महाधिवेशन गर्नका लागि आवश्यक गृहकार्य गर्न पार्टी केन्द्रीय सदस्य एनपी सावद नेतृत्वमा सात सदस्यीय समिति पार्टीले बनाएको थियो ।


अबको बैठकमा भ्रातृ संस्थाहरूकै विधान र महाधिवेशनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको सभापति शेरबहादुर देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित : आश्विन ५, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?