कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेस्तोलसहित ५ पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको विदेह नगरपालिकाबाट प्रहरीले हतियारसहित ५ जनालाई पक्राउ गरेको छ । विदेह नगरपालिका–६ का  अविनाश मण्डलको घरबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पेस्तोलसहित ५ पक्राउ

बरामद हतियार ओसारपसारमा संलग्न स्थानीय ४ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले विदेह नगरपालिका–६ का २१ वर्षीय लक्ष्मी मण्डल, १९ वर्षीय सोबिन मण्डल, ३५ वर्षीय मिश्रीलाल मण्डल र विदेह नगरपालिका–५ का २५ वर्षीय अविनाशकुमार मण्डलाई हतियार ओसारपसार मुद्दामा पक्राउ गरिएको छ । पक्राउ परेका ५ जनालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।


यता जनकपुरमा चामल बिक्रीमा ठगि गरेको आरोपमा धनुषा प्रहरीले भारत बिहारका ७० वर्षीय रामदेव साहलाई पक्राउ गरेको छ ।


जनकपुरमा कम तौल भएको बासमती चामल बिक्री गरी उपभोक्तालाई ठगि गरेको कारण साहलाई कालोबजारी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?